२४ साउन, राक्सिराङ्ग । नेकपा एमाले राक्सिराङ्ग गाउँकमिटीको १०औं पुर्ण बैठक सम्पन्न भएको छ ।
राक्सिराङ्ग ५ चैनपुरस्थित बसेको कमिटीको बैठक पार्टी गाउँ कमिटीका अध्यक्ष सिंगराम रुम्बाको अध्यक्षता एवं नेकपा एमाले संघीय संसदीय दलका प्रमुख सचेतक तथा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय महेश बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेकपा एमाले गाउँ कमिटीको सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न उक्त बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानाको बिशेष आतिथ्यसँगै प्रदेश कमिटी सदस्य एकराज उप्रेती र अन्य पार्टी जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, गाउँ कमिटीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेकपा माओवादी केन्द्र परित्याग गरि १७ जना एमालेमा प्रबेश
यसै क्रममा बैठकबीच एक अवसर पारी नेकपा माओवादी केन्द्रका गोपिराम प्रजा सहित १७ जनाले पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका छन् ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा राक्सिराङ्ग वडा नम्बर ८ बाट नेकपा माओवादी केन्द्रका प्रजा र सोही वडाका पावल प्रजा, राजेश प्रजा, समिर प्रजा, युकेस प्रजा, हिमाल प्रजा, अविनास प्रजा, राजु प्रजा, दाउद प्रजा, शुसन प्रजा, अनुस प्रजा, सुरेश प्रजा, रोशन प्रजा, याकुव प्रजा, जुना प्रजा, सिमोन प्रजा, राजेन्द्र प्रजा, लगायतका १६ जना रहेका छन् ।
प्रजा र उनको नेतृत्वमा नेकपा एमाले पार्टी प्रवेश गरेका १६ नव प्रवेशीहरुलाई प्रमुख सचेतक महेश बर्तौलाले विशेष सम्मान सहित स्वागत गर्दै शुभकामना समेत व्यक्त गरेका थिए।
प्रतिकृया दिनुहोस्














