माघ १५, राक्सिराङ्ग । राक्सिराङ्ग गाउँपालिकाकाे सुर्याेदय माविले विद्यार्थी तथा अभिभावकको लागि उत्प्रेरनात्मक कार्यक्रम संचालन गरेको छ ।
विद्यालयले विद्यार्थीकाे मनाेबल उच्च राख्दै शैक्षिक गतिविधीमा उनीहरूकाे रूची बढाउन र अभिभावककाे समेत चासाे र चिन्ता सहित बालबालिकाकाे पढाइबारे ध्यान आकृष्ट गराउन उक्त उत्प्रेरनामूलक कार्यक्रम आयोजना गरेको हो ।
आज (माघ १५ गते) अर्धबार्षिक परिक्षाकाे नतिजा वितरण तथा विद्यार्थी प्राेत्साहन गर्ने कार्यक्रमकाे अवसर पारी विद्यालयले विद्यार्थी र अभिभावक लक्षित साे कार्यक्रम आयाेजना गरेकाे हाे । कार्यक्रममा माेटिभेटर तथा लाइफ काेच, प्रशिक्षक बिष्णुकुमार देवकाेटाले सहजीकरण गर्नुभएकाे थियाे जसमा अभिभावक र विद्यार्थीलाई छुट्टा छुट्टै सेशन संचालन गरि मोटीभेट गरिएको थियो ।
सेशनमा शैक्षिक सुधारकाे लागि बालबालिकालाई पढाइप्रति इच्छा, दृढता र प्रतिवद्धता जगााउने खालका विषयवस्तु रहेकाे र अभिभावककाे लागि बालबािलकाकाे भविष्यकेन्द्रित भूमिका कसरी निर्वाह गर्ने भन्ने रहेकाे प्राधानाध्यपक सीताराम सुवेदीले बताउनु भयाे ।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं राक्सिराङ्ग ३ का अध्यक्ष उत्तम वाइबाले विद्यालयमा गुणस्तरीय शिक्षाकाे प्रत्याभूती गराउन विभिन्न सिर्जनशील गतिविधीहरू समेत आवश्यक रहेकाेले विद्यालयले साे अनुसारकाे कार्यक्रमहरू सञ्चालन गरेकाे बताउनु भयाे । उहाँले विद्यालय र समुदायबीचकाे सम्बन्धलाई यस्ता गतिविधीहरूले थप आत्मिय र परिणाम उन्मुख बनाउने पनि विश्वास व्यक्त गर्नु भयाे ।














