पार्टीको प्रमुख एजेन्डा देशमा कार्यकारी प्रमुखको प्रत्यक्ष चुनाव गराउनु रहनेछ-हर्क साम्पाङ

असोज १४, राक्सिराङ्ग । हालै नयाँपार्टी श्रम संस्कृती पार्टी खोल्न आवेदन दिएका धरानका मेयर हर्क सम्पाङले आफ्नो पार्टीको तत्कालिन प्रमुख एजेन्डा देशमा  कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गराउनु रहने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लाइभमार्फत आफ्ना समर्थकहरुलाई किन पार्टी खोल्न आवश्यक पर्यो भन्ने प्रश्नको जवाफ दिँदै सम्पाङले आफुले खोल्न लागेको पार्टीको प्राथमिकताको एजेण्डाबारे सो कुरा बताएका हुन् । आफु र आफ्नो पार्टीले बहुमत प्राप्त गरेमा पहिलो सदनबाट नै उक्त एजेन्डा पारित गर्ने समेत सम्पाङले भिडियोमा भनेका छन् ।

किन पार्टी खोल्न आवश्यक पर्यो भन्ने सन्दर्भमा भने सम्पाङले दुई प्रमुख कारणहरु बताएका छन् । विगतमा स्पष्ट चुनाव चिन्ह र  एकीकृत संगठन नहुँदा चुनावमा होमिन गार्हो भएको र देशैभरि रहेका समर्थकहरुलाई एक धारमा समेट्न कठिन भएको भन्दै  उनले पार्टी खोल्नुको पहिलो कारण  समर्थक र देशलाई माया गर्ने भावना भएकाहरुलाई एकीकृत गर्नु रहेको बताएका छन्   ।

त्यसैगरी अहिलेसम्म देश बनाउने शक्ति निर्माण हुन नसकेको र जति पनि भएका राजनितिक दलहरु गफ र भाषण गर्ने, चिल्लोचाप्लो बोल्ने तर भित्रबाट छुरा हान्ने, राष्ट्रघात र देशद्रोह गर्ने, विदेशी दलालहरुको सेटिङमा चल्ने तर देशलाई पक्का माया गर्ने मान्छे ति दलहरुमा नरहेको भन्दै दोस्रो कारण स्वरुप उनले देशलाई बचाउन र बनाउन पार्टीको औचित्य आवश्यक परेको बताएको छ ।

आफु नेतृतवको पार्टी अरु भन्दा पृथक रहेको र अहिले भइरहेको दलतन्त्रको अन्त्य गर्नुपर्ने बताउँदै सम्पाङले देशैभरीबाट पार्टीमा आवद्ध हुन समेत समर्थकहरुलाई आव्हान गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.