अर्गानिक उत्पादन खोज्नेहरुको लागि उत्कृष्ट हव बन्दै राक्सिराङ्ग कृषि हाटबजार

पाैष १५, राक्सिराङ्ग — स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग गाउँपालिकाले सञ्चालन गर्दै आएको राक्सिराङ्ग कृषि हाटबजार  पुन सञ्चालनमा ल्याएको छ।

पालिकाले वडा नम्बर ५ चैनपुरस्थित प्रत्येक हिउँद सिजनमा सञ्चालन गरिने उक्त हाटबजार आज एक विशेष समारोह सहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानज्यूको प्रमुख आतिथ्यतामा औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा अतिथीको रुपमा पूर्व मन्त्री सन्त चेपाङ, अग्नीहोत्र आश्रमका प्रमुख डा. सिताराम सुनाल, अगुवा कृषक राम बहादुर थिङलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

स्थानीय कला तथा साँस्कृतिक प्रतिभाहरु सहित आयोजना गरिएको हाटबजारमा स्थानीय कृषक तथा उद्यमीहरूले उत्पादन गरेका घिउ, मह, फापर, कोदोको पिठो, आलु, पिँडालु, सालको पातबाट बनाइएका दुनाटपरी, फलफूल लगायत सामग्री राखिएको थियो। साथै स्थानीय रूपमा प्रशोधित चिया, चुक, सिन्की, मह, लोकल कुखुरा, बाख्राको मासु र ताजा तरकारी पनि बिक्रीका लागि उपलब्ध गराइएको थियो।

गाउँपालिकाका अनुसार कृषि हाटबजारले स्थानीय उत्पादनलाई प्रत्यक्ष बजार उपलब्ध गराउने, मध्यस्थको निर्भरता घटाउने तथा कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ। आगामी दिनमा हाटबजारलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्दै थप कृषक र उत्पादनलाई समेट्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

अर्गानिक उत्पादन खोज्नेहरुको लागि उत्कृष्ट हव बन्दै राक्सिराङ्ग:

पालिकाले हाटबजार पुन;सञ्चालनमा ल्यायसँगै स्थानीय  घिउ, मह, फापर, कोदोको पिठो, आलु, पिँडालु, जस्ता उत्पादनहरुको बिक्री हुँदा बजारिय मिसावट तथा बिषादी प्रयोग भएका उत्पादनहरुबाट छुटकारा पाउन उपाय खोज्नेहरुको लागि राक्सिराङ्ग एक उत्कृष्ट केन्द्र बन्ने सम्भावना बढेको छ । पालिकाको अधिकांश भूभाग पाखा र भिरालो जमिन रहेको छ जसमा कोदो, फापर, मास, गहत लगायतका तरकारीजन्य उत्पादनहरु विना विषादी नै फल्छ । यहाँका किसानहरुले आफ्नो क्षेत्रमा फल्ने यी उत्पादनहरु मनहरी बजारसम्म पुर्याइ बेच्ने गर्दछ । तर बजार छिरीसकेपछि ती उत्पादनहरुमा समेत बिषादीको प्रयोग र मिसावट हुनेगरेको पाइन्छ । जुन अहिले बजारकेन्द्रित उपभोक्ताहरुको लागि ठुलो समस्याको रुपमा रहेको छ । तर अब उपभोक्ताले बिना बिषादी उत्पादन गरिएको अर्गानिक उत्पादन चाहेको खण्डमा राक्सिराङ्गबाट सोझै उत्पादक-उपभोक्ता प्राप्त गर्न सकिन्छ ।   यसले मिसावट र बिषादीका कारण उपभोक्ताको स्वास्थ्योपर पर्ने जोखिम न्यूनीकरणमा सहयाेग पुग्दछ भने स्थानीय कृषकहरूको उत्पादनले उचित मूल्य पाउँदा उनीहरुमा थप त्त्यस्ता अर्गानिक उत्पादनहरु उब्जाउ गर्न थप हाैसला प्रदान  गर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.