उज्यालो नेपाल पार्टीमा मेरो आबद्धताबारे कुनै छलफल भएको छैन : मन्त्री घिसिङ

असोज १७, राक्सिराङ्ग । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै आफूलाई जोडेर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

मन्त्री घिसिङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त पार्टीमा आफ्नो आबद्धताका बारेमा कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहने प्रष्ट पार्नु भएको हो । मन्त्री घिसिङले भन्नुभएको छ, ‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो पार्टीमा मेरो आवद्धताका बारेमा कुनै छलफल भएको छैन। प्रचार गरिएझैं जुम बैठकमा पनि मेरो कुनै सहभागिता थिएन।’

उहाँले आफूले कुनै छलफल वा सल्लाह नगरेको अवस्थामा गलत मनसायसहित असत्य तथा तथ्यहीन सूचना फैलाइएको भन्दै खण्डन गर्नुभएको छ । साथै, उहाँले यस्ता भ्रममा नपर्न सबैलाई आग्रह पनि गर्नुभएको छ। ‘भविष्यमा यस्ता आधारहीन सामग्री नफैलाउन सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछु,’ घिसिङले भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.