गगन थापाको संकल्प ; कांग्रेस बदल्यौं अब देश बदल्छौँ

माघ ९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ ।

शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सभापति पदको कार्यभार सम्हाल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’

आजै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गर्नुभएको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो ।

तस्बिरः गोपाल दाहाल/रासस

निर्वाचन आयाेगले गत माघ २ गते विशेष महाधिवेशनबाट आएका गगन थापा पक्षालाई मान्यता दिएसँगै पार्टीकाे नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेकाे थियाे । पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको पदबहालीपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.