मन्त्री घिसिङले दिए पदबाट राजीनामा, अबको बाटो सक्रिय राजनिति हुने

पाैष २३, काठमाडौं —ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आज केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका उनले एक पत्रकार सम्मेलन गरी अबको बाटो सक्रिय राजनिति हुने समेत बताएका छन् ।

जेन्जी आन्दोलन पस्चात घिसिङले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका थिए।

विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री बनेका घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेपछि गैरदलीय सरकारको मन्त्री पदमा रहेको र सोही दौरानमा राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो । आगामी फागुन २१ मा हुने निर्वाचन लक्षित राजनीतिक गतिविधिमा होमिने अवस्थामा समयमै राजिनामा दिइ तयारीमा लाग्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेपछि घिसिङले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.