सूर्योदय माविमा भूतपूर्व विद्यार्थीहरूको सम्मेलन, थापाको नेतृत्वमा २७ सदस्य तदर्थ समिति गठन

पौष २५, राक्सिराङ्ग । पश्चिम मकवानपुरको गौरवशाली इतिहास बोकेको सूर्योदय माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थीहरूको सम्मेलन सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा उत्तम वाइबाको अध्यक्षता, राक्सिराङ्ग गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य एवं गाउँपालिका उपाध्यक्ष बनस्तम थिङज्यूको विशिष्ट अतिथिमा पहिलोपटक ऐतिहासिक सम्मेलन सम्पन्न भएको हो।

२०१७ सालमा स्थापना भएको सूर्योदय माविमा हाल ४ सय भन्दा बढी भूतपूर्व विद्यार्थीहरू रहेका छन्। विद्यालयको समग्र विकास र उज्ज्वल भविष्यको लागि भूतपूर्व विद्यार्थीहरूले आ-आफ्ना ज्ञान, सीप र अनुभवको आधारमा पहिलो ज्ञानको पहिलो आधारशिलाको रुपमा रहेको सूर्योदय माविको समग्र शैक्षिक विकास र उन्नतिको लागि योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको सम्मेलनले सोही विद्यालयको पूर्व विद्यार्थी थलबहादुर थापा (सन्तोष) को अध्यक्षतामा २७ सदस्य तदर्श समिति समेत गठन गरिएको छ ।

समितिमा भुतपुर्व विद्यार्थीहरु विरोध थिङ (बुद्धि) र विष्णु मोक्तान उपाध्यक्ष, प्रताप तितुङ सचीव, रमिला सिन्तान कोषाध्यक्ष र रुद्र बहादुर माेक्तानलाई सह-सचीव पदमा चयन गरेको छ भने सदस्यहरूमा सञ्चारकर्मी रामकुमार रिजाल, बाबुलाल स्याङ्तान, प्रकाश रङ्गाली, कृष्ण योन्जन, लक्षमण बल, श्याम गोले, तुलसी वर्तौला, भिमसेन भारती, सुकुमान योन्जन, रमा मोक्तान, राजकुमार नेपाली, मानपलाल मोक्तान, भक्त बहादुर नेपाली, बाबुराम घलान, संजय थोक्रा, नवराज मोक्तान, बाबुराम थिङ्ग, सुब बहादुर थिङ, कृष्ण थापा, गोकर्ण भारती लगायत रहेका छन् ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लज्यूले यस सम्मेलन एक महत्वपूर्ण सुरुवात भएको र आगामी दिनमा यसले विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताउनुभएको भयो।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको पालिका उपाध्यक्ष वनस्तम थिङज्यूले विगतमा भूतपूर्व विद्यार्थीहरू एकजुट हुन नसक्दा विद्यालयको शैक्षिक गुणस्तर लगायतका गतिविधिमा प्रभावकारिता हुन नसकेको र आगामी दिनमा भूतपूर्व विद्यार्थीहरूको यस किसिमको एकीकृत सहभागिताले विद्यालय र सिङ्गो समाजमा समेत सकारात्मक परिवर्तन ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सम्मेलनमा साविक सुरिखेत पलाँसे गाविसबाट पहिलो एसएलसी पास गर्ने भूतपूर्व विद्यार्थी तथा यस क्षेत्रको शैक्षिक विकासमा ३४ वर्षको लामो, महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको पूर्व शिक्षक सुरेन्द्र शाहलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान समेत गरेको छ। २०३४ सालमा एसएलसी पास गरी सूर्योदय मावि अन्तर्गत रहेर लामो समय शिक्षकको रुपमा काम गर्नुभएको शाहले काठले बनेको खोल्मामा सुरु भएको सूर्योदय माविमा काम गर्दै जाँदा अनेक संघर्षहरू भोग्नुपरेको र हालको अवस्थामा आएर आफू सम्मानित हुन पाउने वातावरण बन्दा खुसी भएको बताउनुभएको थियो। उहाँले यस विद्यालय यहाँसम्म आइपुग्नुमा यस क्षेत्रको अविभावकहरूको विर्सन नसक्ने महत्त्वपूर्ण साथ र सहयोग रहेको समेत विद्यार्थीहरूमाझ स्मरण गराउनु भयो ।

सम्मेलनबाट निर्वाचित समितीको बैठक आगामी माघ ३ गते राखेको अध्यक्ष सन्तोष थापाले बताउनु भयो । उक्त बैठकले आगामी बाटो तय गर्ने उहाँले थप्नु भयो ।
सम्मेलनले भ.पू. विद्यार्थी मंच गठन गरी विधिवत रूपमा स्थापना गर्ने, आफुसँग भएको ज्ञान, सीप तथा अनुभवको आदानप्रदान गरी विद्यालयको समग्र विकासको लागि सहयोग गर्ने, शैक्षिक गुणस्तरलाई सुदृढी तथा वर्तमानको मार्ग निर्माण गर्ने, शैक्षिक पूर्वाधारको आवश्यक पहलहरू संचालन गर्ने, विद्यालय हितको लागि भू.पू. विद्यार्थी मंचलाई मेरुदण्डको रूपमा स्थापना गर्ने, प्रतिबद्धता घोषणा–पत्र पूर्ण कार्यान्वयन गर्ने र भू.पू. विद्यार्थी मार्फत यस क्षेत्रका नागरिकहरूमा सकारात्मक साझा दृष्टिकोण निर्माण गर्ने सहितको ७ बुँदेघोषणा पत्र समेत प्रस्तुत गरि प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.