सन्दीप विरुद्ध लेखिएको समाचार हटाउँदै कान्तिपुरले माग्यो माफी

असोज १३, राक्सिराङ्ग । क्रिकेटर सन्दीप लामीछानेको बिषयमा आइतबार अपुष्ट समाचार लेखेको कान्तिपुरले माफी माग्दै आफ्नो वेबसाइटबाट समाचार हटाएको छ ।

कान्तिपुरले लेगस्पिनर लामिछानेको बिषयमा आइतबार  लेखिएको ” वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?” शिर्षकको सामाचार आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको भन्दै हटाएको हो ।

आफ्नो बिषयमा अपुष्ट समाचार बाहिर आएपछि सन्दीपले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त समाचारप्रति आपत्ति जनाएको थियो ।

समाचारमा कान्तिपुरले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरूद्धको पहिलो टी-२० आई खेलमा लेग स्पिनर समेत रहेका लामिछाने बेञ्चमा सीमित हुनुको कारण क्यानसँगको विवाद रहेको दाबी गरिएको थियो । त्यसैगरी कान्तिपुरले हाल राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको नाम र लोगोअंकित जर्सी लगाएर सनदीपले खेल्न अस्वीकार गरेको अपुष्ट स्रोतको हवला दिँदै लेखेको थियो ।

कानतिपुरले लेखेको समाचारमा के थियो ? तलको समाचार पढ्नुहोस् ।

कान्तिपुरको समाचारप्रति सन्दीपको आपत्ति: भन्यो “समय अझै छ बुझेर समाचार लेख्ने बानी बसाल्नुस्”

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.