कान्तिपुरको समाचारप्रति सन्दीपको आपत्ति: भन्यो “समय अझै छ बुझेर समाचार लेख्ने बानी बसाल्नुस्”

असोज १२, राक्सिराङ्ग । आफ्नो बिषयमा नबुझी समाचार लेखेपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खेलाडी सन्दीप लामिछानेले कान्तिपुरप्रति आपत्ति जनाएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै लामिछानेले  आफ्नो बिषयमा कान्तिपुरले लेखेको ” वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?” शिर्षकको सामाचारमाथि आपत्ति जनाएको हो ।

समाचारमा कान्तिपुरले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरूद्धको पहिलो टी-२० आई खेलमा लेग स्पिनर समेत रहेका लामिछाने बेञ्चमा सीमित हुनुको कारण क्यानसँगको विवाद रहेको दाबी गरिएको थियो । त्यसैगरी कान्तिपुरले हाल राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको नाम र लोगोअंकित जर्सी लगाएर सनदीपले खेल्न अस्वीकार गरेको अपुष्ट स्रोतको हवला दिँदै लेखेको थियो ।

सो समाचारको खण्डन गर्दै लामिछानेले कान्तिपुरले लेखेजस्तो  क्यानसँग भएको  विवादका कारण आफुले खेल नगुमाएको प्रष्टोक्ति दिएका छन्  । “प्रायोजक नासा सेक्युरिटीको नाम र लोगोअंकित जर्सी लगाएर खेल्न अस्वीकार  गरेको भए अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।” सन्दीपले कान्तिपुरलाई प्रश्न गरेको छ ।

आफ्नो बिषयमा नबुझी एकतर्फी समाचार आएपछि लामिछानेले कान्तिपुरलाई समय छँदै बुझेर समाचार लेख्न र आफ्नो बारेमा आएको समाचारको पुष्टि हुने प्रमाण भए त्यसलाई अगाडी ल्याउन कान्तिपुरलाई भनेका छन् ।

क्यानसँगको विषय व्यक्तिगत भएको र त्यसलाई अनावश्यक रुपमा चासोका विषय बनाएर समाचार बनाएको भन्दै लामिछानेले आइन्दा यस्तो नहोस् भन्ने चाहेको आफनो स्ट्याटसमा लेखेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.