असोज ९, काठमाडौं । निर्वाचन आयोगले आगमी फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न र विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण भएको सरकार परिवर्तनसँगै प्रतिनिधी सभा विघटन भएपछि प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आउने फागुनमा चुनाव गराउने घोषणा गरेको थियो । यद्यपी चुनावको मिती घोषणा भइसकेको अवस्थामा विद्यमान मतदाता नामावली ऐन २०७३ बाधक बनेपछि राष्ट्रपती रामचन्द्र पौडेलले हिजै मात्र अध्यादेश जारी गर्नुभएको थियो ।
आयोगले जारी गरेको सूचना अनुसार १६ बर्ष उमेर पुरा भइ नागरिकता प्राप्त गरेका नेपाली नागिरकले आयोगको जिल्ला कार्यालय तथा प्रदेश कार्यालयमार्फत नाम दर्ता गराउन सक्नेछन् । साथै मतदाता नामावलीमा नाम छुटेका त्यस्ता नागरिकहरुले अनलाइन मार्फत समेत आवेदन दिन सक्ने छन् । तर जैविक (Biometric) विवरणको लागि भने आफुले उल्लेख गरिएको जिल्ला वा प्रदेश कार्यालयमा पुगि उपलब्ध गराउनु पर्नेछ ।
यसरी नाम दर्ता गराउने कार्य आगामी कार्तिक ३० गतेसम्म, सार्वजानिक विदाको दिन बाहेकका दिनमा विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने छ ।
के तपाइँको मतदाता नामावलीमा नाम छुटेको छ? वा आफ्नो नाम छ छैन हेर्न चहानुहुन्छ?
नाम दर्ता गर्न यो लिङ्कमा जानुहोस् : https://applyvr.election.gov.np/
आफ्नो नाम खोज्न यो लिङ्कमा जानुहोस् : https://election.gov.np/np/page/voter-list
यो पनि पढ्नुहोस्: मतदाता नामावली ऐन २०७३ संसोधन गर्न राष्ट्रपतिबाट अध्यादेश जारी














