मतदाता नामावली ऐन २०७३ संसोधन गर्न राष्ट्रपतिबाट अध्यादेश जारी

असोज ८, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गर्नु भएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको माग सम्बोधन हुनेगरी सो अध्यादेश जारी भएपछि मतदान गर्न उमेर पुगेका नयाँ पुस्ताहरुलाई फागुन २१ गते हुने निर्वाचनमा आफ्नो मत जाहेर गर्ने बाटो खुलेको छ । आनदोलनको अर्को माग नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन पनि रहेको छ । तर निर्वाचन प्रणालीको फेरबदल बारे भने केही सरकारबाट कुनै जानकारी बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.