संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीविरुद्ध द्वन्द्वपीडितले दर्ता गराए रिट ।

२८ साउन, काठमाडौं । प्रशासनको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) विरुद्ध  सर्वोच्चकोआदेश पछि द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । त्यसविरुद्ध पीडितहरुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार रिटविरुद्धको दरपीठ आदेश बदर गरेको थियो । दरपीठ बदर भएसँगै पीडितहरुले नयाँ रिट दर्ता गरेका हुन् ।

आयोगको पदाधिकारी प्रकृयामा दलीय भागबण्डा भएको र अयोग्य व्यक्तिहरुलाई नियुक्त गरिएको साथै दुवै आयोगमा सरकारबाट हालै भएको नियुक्ति संविधान र ऐनको प्रावधानविपरीत भएको भन्दै ३३४ जना द्वन्द्वपीडितहरुले बुधबार रिट दर्ता गरेका हुन्।

आफूहरुसँग कुनै परामर्शसमेत नगरी दलहरुले आ-आफ्ना मानिस भागबन्डामा कोटा छुट्याएर आयुक्त बनाई दुवै आयोगमा नियुक्त गरेको भन्दै पीडितहरुले उक्त नियुक्ति खारेज गरिपाऊँ भन्दै रिट दायर गरेका हुन् ।

अब सर्वोच्च अदालतको एकल इजलासमा सुनुवाई हुनेछ । अदालतले अन्तरिम आदेश जारी गरेमा नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लाग्नेछ ।

 

सम्बनधित समाचार :- 

संक्रमणकालीन न्याय; प्रशासनको दरपीठ माथि सर्वोच्चको आदेश

संक्रमणकालीन आयोगका पदाधिकारी विरुद्धको रिट सर्वोच्चबाट दर्ता गर्न अस्वीकार

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.