पाैष ३, काठमाण्डाैँ । गत भदाै २४ र २५ गते भ्रष्टाचार र बेतिथीको विरुद्धमा भएको जेन्जी आन्दोलनको सय दिन पुगेको छ ।
आन्दोलनको सय दिन पुग्दै गर्दा यता बहुसंख्यक जेन्जीहरुले भने प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको विकल्प खोज्न थालेका छन् ।
विहिबार नेपाल कानुन समाज र जेन्जीहरुद्वारा संयुक्त रुपमा काठमाण्डाैँमा आयोजित कार्यक्रममा बोल्दै अधिकांश जेन्जी अगुवाहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेन्जी आन्दोलनको म्यान्डेड विर्सेर केवल पुराना दल र नेता कार्यकर्ताको बचाउ र पक्षपोषणमा लागेको बताएका छन् । सहिद र घाइतेहरुको रगतको जगमा बनेको कार्की नेतृत्वको सरकारले उल्टै भ्रष्टाचारको आरोप लागेकाहरुलाई मन्त्री बनाएको र नातावादको आधारमा निश्चित झुण्डलाई अवसर दिएर आफ्नो कुर्सी बचाउँदै आएको उनीहरुको आरोप छ ।
आन्दोलनको सय दिन पुग्दै गर्दा जेन्जीहरुले अबको बाटो के हुन सक्छ भन्ने विषयमा समेत छलफल र बहस सुरु गरेका छन् जसमा आन्दोलको म्याण्डेट विर्सेकाे अन्तरिम सरकारको विकल्पबारे प्रशस्त प्रश्नहरु वृहत छलफलमा उठेका छन् ।














