बाढीपहिरोबाट प्रभावित नभएका जिल्लामा सार्वजनिक सेवा सञ्चालन गर्न सरकारको निर्देशन

असोज १९, राक्सिराङ्ग ।  बाढीपहिरोबाट प्रभावित नभएका जिल्लाहरुलाई सार्वजनिक सेवा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।

यसअघि शनिबारदेखि भोलि सोमबारसम्म देशैभर भारी वर्षाको पूर्वानुमानसहित सार्वजनिक बिदा दिएको सरकारले  आइतबार एक सूचना जारी गर्दै विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

देशैभर भारी वर्षाको पूर्वानुमान अनुसार सतर्कता अपनाउन आग्रहसँगै सरकारले भोली सोमबारसम्म सार्वजानिक विदा दिने निर्णय गरेको थियो । अविरल वर्षापछि अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सेवा स्थगित गरेका थिए ।

‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ’,  गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार जारी गरिएको पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.