पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान समेत स्वीकृती लिनुपर्ने

असोज १२, काठमाडौं । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले गत भदौ २३ र २४ गतेको आनदोलनमा भएको दमनमाथी छानबिन गर्न ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी(पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो ।

सिफारिसमा “राहदानी रोक्का गर्नु ” भन्ने शब्द प्रयोग नगरिएको भएता पनि निजहरुलाई विदेश भ्रमणमा रोक लगाउनु भनिएको छ । जाँचबुझ आयोगले जारी गरेको उक्त प्रेस विज्ञप्तीमा उनीहरुलाई आयोगको स्वीकृती विना काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनिको छ । छानविनको लागि जुनसुकै समयमा आयोगमा उपस्थित हुनुपर्ने  अवस्था रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।

यस अघि सरकारले शेरबहादुर देउबा लगायतका शिर्ष दलका नेताहरुको राहादानी रोक्का गर्ने निर्णय गरेको थियो । तर शुक्रबार (असोज ११ गते) त्यस कदमको विरुद्धमा बोल्दै एमाले अध्यक्ष ओलीले हाहुको सरकारलाई देश सुम्पिराखेर आफुहरु देश छोडी नभाग्ने प्रतिक्रिया दिएका थिए ।

जाँचबुझ आयोगले जारी गरेको प्रेस विज्ञप्ती पढ्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.