असोज १०, काठमाडौं । गृह मन्त्रालयले जेनजी आनदोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार र खरखजाना फिर्ता बुझानेलाई सम्मान गर्ने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गर्दै हतियार बुझाउनेलाई उचित सम्मान गरिने जनाएको छ ।
सोही सूचनामा उल्लेख भए अनुसार असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई नबुझाउनेलाई कारबाही गरिने पनि मन्त्रालयले भनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।
गृहमन्त्रालयद्वारा जारी सूचना पढ्नुहोस् :

प्रतिकृया दिनुहोस्














