सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै बाँड्दै राक्सिराङ्ग

असोज ९, राक्सिराङ्ग। राक्सिराङ्ग गाउँपालिकाले कारणबस ढिलाइ हुने भनिएको सामाजिक सुरक्षा भत्ता वितरण दशैँ अगाडी नै गर्ने भएको छ ।

यस अघि एक सूचना जारी गर्दै पालिकाले भत्ता वितरणमा ढिलाई  हुने जानकारी दिएको थियो। तर लाभग्राहीको उच्चतम हितलाई मध्येनजर गर्दै पालिकाले आवश्यक पहलकदमीको साथ भत्ता वितरण कार्यलाई दशैँ अगावै सम्पन्न गर्ने निर्णय गरेको हो ।

पालिकाले आज जारी गरिएको सूचना अनुसार ई.एफ.टी. प्रणाली मार्फत लाभग्राहीहरुको खातामा भत्ता वापतको रकम जम्मा भइसकेको छ। सम्बन्धित बैँकमा गइ लाभग्राहीले रकम झिक्नसक्ने छन् ।

तर अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक बर्ष २०८१/८२ को चौथो किस्ता भने अझै निकासा हुन नसकेको सूचनामा उल्लेख छ । उक्त बाँकि रकम संघिय सरकारबाट नै प्राप्त हुन नसकेकोले अझै निकासा हुन नसकेको सूचनामा बताएको छ ।

पालिकाको आधिकारिक सूचना पढ्नुहोस् :

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.