घरघरमा पुग्दै सेवा प्रदान गर्दै : राक्सिराङ्ग ३ नम्बर वडाका अध्यक्ष, उत्तम वाइबा

भदौ १२,राक्सिराङ्ग । सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रियामा लाभग्राही जोडिन कठिन भएपछि राक्सिराङ्ग ३ नम्बर वडाले भत्ता कार्ड नविकरण र बायोमेट्रिक लिने लगायतका सेवाहरू लाभग्राहीको घरमै पुगि प्रदान गर्न थालेको छ ।

यस बर्ष ढिला सुरु भएको बर्षाको कारण अहिले राक्सिराङ्ग र आसपासका अधिकांश बाटोघाटो बिग्रेको अवस्था छ । जसले त्यहाँका मानिसको दैनिक आवतजावतलाई थप कठिन त बनाएको छ नै त्योभन्दा बढी अशक्त, अपाङ्गता, र ज्येष्ठ नागरिकहरूको गमनशीलतालाई असम्भव प्राय बनाएको छ ।

यस्तो अवस्थामा लाभग्राहीको हितलाई मध्ये नजर गर्दै सहज रुपमा पहुँचयुक्त र प्रभावकारी सेवा प्रदान गर्न वडाले नियमित कार्यलयबाट प्रदान गरिने सेवालाई समेत नागरिकको घरघरमा पुगि दिन थालेको हो ।

विगतमा समेत सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता लगायतको सेवाहरू घरदैलो कार्यक्रम मार्फत  प्रदान गर्दै आएको र आगामी दिनमा हरेक सरकारी सेवाहरू यसरी नै थप जनमुखी बनाउँदै लैजानुपर्ने वडा अध्यक्ष उत्तम वाइबाले बताउनु भयो । यस्ता अभ्यास स्थानीय सरकारको एक नियमित गतिविधि भएको र आम जनताको सेवा सुविधालाई यसरी नै सरल, सहज र पहुँचयुक्त बनाउँदै लैजाने समेत अध्यक्ष वाइबाले बताउनु भयो ।

 घरघरमा पुगि लाभग्राहीलाई बायोमेट्रिक गराउँदै वडा अध्यक्ष उत्तम वाईबा र सचिव इन्द्र बहादुर जिरेल

वडाको माथिल्लो बेल्ट आलखोप र केराबारीबाट सुरु गरिएको उक्त घरदैलो कार्यक्रमले वडाबासी अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण र बायोमेट्रीक लिने कार्यलाई थप सहज र पहुँचयुक्त बनाउँदा सेवा प्रबाहमा वडाबासीहरूको सहभागीता र सेवा प्रदानको प्रभावकारीता समेत बढेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.