राष्ट्रपती कार्यालयले चिया खुवाएर पठाएको रविन्द्रलाई महानगरले गर्यो २ लाख सहित सम्मान ।

२७ साउन, काठमाडौं । हालै भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) का विजेता नेपाली फाइटर रवीन्द्र ढाटलाई काठमाडौं महानगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

गत बुधबार (साउन २१ गते)  राष्ट्रपती रामचन्द्र पाैडेलले शीतल निवासमा बोलाएर १ कप चियाबिष्कुट र १ थान माला लगाएर फोटोे खिचाउँदै फर्काएका च्याम्पियन ढाटलाई महानगरले नगद २ लाख रुपैयाँ सहित सम्मान गरेका हो ।

महानगरले आज (मंगलबार) आफ्नै कार्यालयमा सम्मान कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय जगतमा नेपालको नाम राखेका ढाटलाई सम्मान स्वरुप नगद २ लाख हस्ताण्तरण गरेको हो । उक्त सम्मान महानगरको तर्फबाट मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई सहितले संयुक्त रुपमा गरेको हो ।

रबिन्द्रले नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै जित निकालेका थिए । उक्त जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.