हेटौंडा उपमहानगर र वडाको काम जिल्ला प्रशासनको हाताबाट सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सहित वडाको काम जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरबाट उपमेयर राजेश बानिया र वडाध्यक्षहरुले सेवा ग्राहीलाइ प्रदान गरेका छन् ।

गत असार ४ गते वडाध्यक्ष तथा उपमहानगर पालिकाका प्रवक्ता सबिन न्यौपाने माथी कार्यक्षमै केही आक्रमणकारीले कालो छ्याप्नुका साथै भौतिक आक्रमण गरेका थिए । आक्रमणकारीहरुलाइ एक महिना सम्मपनी कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको साङ्केतिक बिरोध जनाउदै वडाको काम प्रशासन कार्यालयको हाताभित्र टेबुल राखेर गरेका थिए ।

यसैक्रममा उपमहानगर पालिकाले पनि आन्दोलनमा एक्यवद्धता जनाउँदै उपमहानगरको काम पनि उपमेयर राजेश बानियाँले जिल्ला प्रशासन कार्यालयको हाताभित्र बाटै गरिदिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख बिश्वराज खड्काले १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपाने र ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल माथी भएको आक्रमणलाई जिल्ला प्रहरी कार्यालयले गम्भीरतापुर्वक लिएको बताए । नबिनजिलाइ आक्रमण गर्नेलाई नियन्त्रणमा लिइ कार्वाही गरेका छौं भने सबिन जिलाइ आक्रमण गर्नेहरु पहिचान भैसकेको र वर्षा र भौगोलिक बिकटताको कारण दोषीलाई नियन्त्रणमा लिन गाह्रो भएको बताए । उनले भने स्थानीय सरकार माथिको आक्रमणलाई हामीले गम्भीरतापुर्वक लिएका छौं । उहाँहरुको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी पनि हो र यश कुरामा हामी गम्भीर छौं , हामी छिट्टै सही नतिजामा पुग्छौं ।

यता उपमहानगरका उपमेयर बानियाँ सहितका वडाध्यक्षहरुले प्रहरी , प्रशासनले आफुहरुलाइ न्याय दिन नसकेको आरोप लगाएका छन् । उपमेयर बानियाँले स्थानीय सरकारप्रति भएको आक्रमण को निन्दा गर्दै दोषीहरुमाथी कारवाहीको माग राखेका छन् । यदि उचित न्याय नमिलेको खण्डमा आफुहरु थप आन्दोलनमा उत्रिनुको बिकल्प नरहेको बानियाँले चेतावनी दिए । आक्रमणमा परेका वडाध्यक्ष न्यौपानेले आफुमाथी यत्रो आक्रमण हुँदा पनि जिल्ला प्रशासन , प्रहरी कार्यालय मौन रहेकोले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताए । बिहान ११ बजे देखि दिउँसो १:१ बजे सम्म जिल्ला प्रशासन कार्यालयमा भएको साङ्केतिक बिरोध कार्यक्रममा भने एमाले पार्टीबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हेटौंडा उपमहानगरका ४ , ५ , १० , ११ , १३ , १४ , १५ ,१८ , १९ नम्बर वडाका वडाध्यक्षहरुको उपस्तिथि देखिएन ।

वडाध्यक्ष नवीन सिग्देलमाथी आक्रमण हुँदा भने हेटौंडा उपमहानगर पालिकाका मेयर मिना कुमारी लामा , उपमेयर राजेश बानियाँ , प्रवक्ता न्यौपाने सहित प्राय सबै वडाध्यक्षहरु , वडा सदस्यहरुको ऐक्यबद्धता रहेको थियो । जनप्रतिनिधि माथिको शृङ्खलाबद्ध आक्रमणको बिरोधमा एक दिन उपमहानगर सहित १९ ऐ वडाको काम ठप्प पारेका थिए । एक स्थानीय संचार माध्यमका अनुसार बिरोधको कार्यक्रम राख्दा सामुहिक निर्णय नभएकोले एमालेबाट निर्वाचित अध्यक्षहरुको उपस्थिति नरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको वडाध्यक्षहरुको बिरोध कार्यक्रममा केही वडा सदस्यहरुले समेत ऐक्यबद्धता जनाएका थिए यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सभापति बुद्ध लामा , नगर सभापति उत्सव इटनीको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.