राष्ट्रिय युवा संघ मनहरीको अधिवेशन शनिबार हुने

मनहरी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मनहरी गाउँपालिका कमिटीको अधिवेशन शनिबार हुने भएको छ ।

राष्ट्रिय युवा संघ मनहरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ ।

अधिवेशनको उदघाटनका लागि संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे मनहरि आउने कार्यक्रम रहेको संघको मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश स्याङतानले जानकारी दिनुभयो।

थेबेसहित युवा संघ र पार्टीका विभिन्न तहका नेताहरुको कार्यक्रममा सहभागीता रहने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सिंगो एमाले पार्टीप्रति सामाजिक सञ्जालहरुमा भइरहेको अनावश्यक टिकाटिप्पणी र साइबर हमलाका सम्बन्धमा युवाहरुलाई सचेत पार्ने गरी नेताहरुबाट प्रशिक्षणात्मक सम्बोधन हुने अध्यक्ष स्याङ्तानले बताउनुभयो ।

केन्द्रीय अध्यक्ष थेवेका अतिरिक्त राष्ट्रिय युवा संघ मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ, बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला अध्यक्ष राजेश नगरकोटीसहित पार्टीका जिल्ला तथा प्रदेश कमिटीका नेताहरुको सहभागी हुने उहाँले बताउनुभयो।

अधिवेशनबाट संघको नया नेतृत्व चयन हुनेछ। नेतृत्वका लागि आकांक्षा धेरैको रहे पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिने राष्ट्रिय युवा संघ मकवानपुरका सचिवालय सदस्य तथा मनहरी इन्चार्ज विश्व रानाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, जिल्ला सदस्य बीरेन्द्र डिसीसहित युवा संघ जिल्ला कमिटीका सदस्यहरु, मनहरी गाउँ कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.