राक्सिराङ्गमा दशैँ अघि भत्ता वितरण नहुने

असोज ८, राक्सिराङ्ग। राक्सिराङ्ग गाउँपालिकाका लाभग्राहीहरुले  त्रैमासिक रुपमा प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता दशैँ अगाडी नपाउने भएको छ ।

आज  (असोज ८ गते) एक सूचना जारी गर्दै पालिकाले यसपालीको भत्ता वितरणमा ढिलाई  हुने जानकारी दिएको हो । सूचनामा आ.व. २०८२/८३को प्रथम त्रैमासिक अर्थात् यो दशैँ अघि वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको निकासा विविध कारणले ढिलाई हुने भनिएको छ ।

योसँगै पालिकाभित्रका लाभग्राहीहरुले अर्को सूचना जारी भएपछि मात्रै भत्ता निकाल्न सम्बन्धित बैँकमा जानुपर्ने भएको छ । नभए अनावश्यक दुख मात्रै पाउने छन् । त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उदेश्यले नै पालिकाले अग्रिम सूचना जारी गरी सम्बन्धित लाभग्राहीसम्म पुर्याउन समेत भनिएको छ ।

यसरी सामाजिक सुरक्षा भत्ता समयमा वितरण हुन नसक्नुमा कार्ड नविकरण एवं बायोमेट्रिक लिने कार्यमा ढिलाइ हुनु एक प्रमुख कारण देखिएको छ । लाभग्राहीहरु आफ्नो भत्ता कार्ड नविकरण प्रकृयाबारे सुसूचित नहुनु, तोकिएको समयसीमाभित्र नविकरण गर्न वडा कार्यालयमा नपुग्नु र पछिल्लो समय अनिवार्य गरिएको वायोमेट्रिक लिने जस्ता थप कार्यले गर्दा पनि यसपाली भत्ता वितरणमा ढिलासुस्ती भएको हो ।

पालिकाले जारी गरेको सोही सूचनामा समेत अझै लाभग्राहीहरु छुटहुन पुगेको भन्दै छुटेको लाभग्राहीहरुलाई असोज मसान्त भित्रमा वडा कार्यालय पुगि नवीकरण गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.