असोज ८, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको माग सम्बोधन हुनेगरी सो अध्यादेश जारी भएपछि मतदान गर्न उमेर पुगेका नयाँ पुस्ताहरुलाई फागुन २१ गते हुने निर्वाचनमा आफ्नो मत जाहेर गर्ने बाटो खुलेको छ । आनदोलनको अर्को माग नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन पनि रहेको छ । तर निर्वाचन प्रणालीको फेरबदल बारे भने केही सरकारबाट कुनै जानकारी बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस्














