२८ साउन, राक्सिराङ्ग । राक्सराङ्ग गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र बनेका पक्की घर तथा भवनहरुको अभिलेखिकरण गरी नक्सापास गर्न सूचना जारी गरेको छ ।
पालिकाले हिजो (मंगलबार) बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाका ९ वटै वडाभित्र बनेका पक्की घर तथा भवनहरुको नक्सापास गर्न सार्वजानिक सूचना जारी गरीएको हो ।
राक्सिराङ्ग गाउँपालिकाको भवन निर्माण सम्बन्धी मापदण्ड र भवन निर्माण अनुमति तथा नक्सा पास सम्बन्धी कार्यविधि, २०७८ अनुसार पालिकाभित्र बनेको पक्की घर तथा भवनहरुको सन्दर्भमा त्यस्ता घर तथा भवनहरुको पालिकामा अभिलेखिकरण गराइ घरनक्सा नियमित गराउन आवश्यक पर्दछ । यसरी घरनक्सा पास गराउँदा सर्वसाधारण नागरीकले भाैतिक संरचना निर्माणको न्युनतम मापदण्ड पुरा गर्दछ भने दिर्घकालमा यसले उनीहरुको निजी सम्पत्तीको लेखाजाेखा राखी, भवितव्यमा सम्पत्ति मूल्याङ्कन, तथा जोखिम न्यूनीकरण कार्यमा महत्वपूर्ण सहयोग गर्दछ ।
पालिकाले जारी गरेको भवन निर्माण सम्बन्धी मापदण्ड र भवन निर्माण अनुमति तथा नक्सा पास सम्बन्धी कार्यविधि, २०७८ को १७ मा भवन निर्माण अनुमती, नक्सा पास र भवन निर्माण सम्पन्न प्रमाण पत्र लिने सम्बन्धी व्यवस्था गरिएको छ । जसअन्तर्गत बनिसकेको अर्थात् निर्माण भइसकेको पुरानो घरको सन्दर्भमा अभिलेखिकरण गर्दा नक्सापास भएको मानिने र त्यस्तो अभिलेखिकरण कार्य उक्त कार्यविधि पास भएको २ वर्षभित्र गरिसक्नु पर्ने उल्लेख छ ।
पालिकाद्वार प्रकाशित सूचना पढ्नुहोस् :















