फोनिज राष्ट्रिय पुरस्कार द्वारा सञ्चारकर्मी तामाङ र थामी सम्मानित ।

२८ साउन, काठमाण्डाैँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाले अल्पसंख्यक तथा आदिवासी जनजाति सञ्चारकर्मीलाई प्रदान गर्दै आएको  “फोनिज राष्ट्रिय पुरस्कार ”द्वारा सञ्चारकर्मी ज्ञानेन्द्र तामाङ र सपना थामी सम्मानित भएका छन् ।

पस्चिम मकवानपुरबाट प्रकाशित हुने राक्सिराङ्ग साप्ताहिकका सञ्चालक एवं सम्पादक तथा तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्ष समेत रहेका तामाङ र अर्का सञ्चारकर्मी थामीले विभिन्न सञ्चारका माध्यमहरुमार्फत आदिवासी  जनजाती समुदायको हकहित र अधिकारको सवालमा खबर संकलन, सम्प्रेषन तथा आवाज उठाउँदै समुदायको विकास र उत्थानमा योगदान पुर्याएको भन्दै कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।

हिजो (साउन २७ गते) मंगलबार, १६औं फोनिज स्थापना दिवसको अवसरमा काठमाडौंको बालुवाटारस्थित एक विशेष समारोह आयोजना गर्दै पुरस्कार प्राप्त गर्ने  दुवै सञ्चारकर्मीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, खेलकुद मन्त्री तेजुलाल चौधरी, र पुर्वमन्त्री तथा माननीयहरुको समुपस्थितिमा नगद १० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाले हरेक वर्ष मुलुकभरका उत्कृष्ट  एक अल्पसंख्यक र एक आदिवासीजनजाति गरि दुई पत्रकारलाई “फोनिज राष्ट्रिय पुरस्कार” वितरण गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.