२७ साउन, काठमाडौं । हालै भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) का विजेता नेपाली फाइटर रवीन्द्र ढाटलाई काठमाडौं महानगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
गत बुधबार (साउन २१ गते) राष्ट्रपती रामचन्द्र पाैडेलले शीतल निवासमा बोलाएर १ कप चियाबिष्कुट र १ थान माला लगाएर फोटोे खिचाउँदै फर्काएका च्याम्पियन ढाटलाई महानगरले नगद २ लाख रुपैयाँ सहित सम्मान गरेका हो ।
महानगरले आज (मंगलबार) आफ्नै कार्यालयमा सम्मान कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय जगतमा नेपालको नाम राखेका ढाटलाई सम्मान स्वरुप नगद २ लाख हस्ताण्तरण गरेको हो । उक्त सम्मान महानगरको तर्फबाट मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई सहितले संयुक्त रुपमा गरेको हो ।
रबिन्द्रले नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै जित निकालेका थिए । उक्त जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।














