कैलाश ९ का मान बहादुर मृत फेला ।

२६ साउन, मकवानपुर । तीन दिनदेखि परिवार र आफन्तजनको सम्पर्कमा नरहेको कैलाश गाउँपालिका–९ का ४६ वर्षिय मानबहादुर चेपाङ मृत फेला परेको छ ।

गत साउन २२ गते बेलुका ४ बजेदेखि कैलाश ९ नामटार बजारबाट हराएका चेपाङलाई स्थानीय प्रहरी चौकी र वडा कार्यालयको सहयोगमा खोजी कार्य पश्चात् २५ गते बिहान करिब ९ बजे सोही वडामा रहेको पानीघट्टको कुलाको मुहानमा मृत अवस्थामा फेला परेको हो ।

घरबाट बिहीबारदेखि निस्केर सम्पर्कविहिन भएका उनी घरभन्दा करिब एक किलोमिटर टाढा दक्षिणतर्फ रहेको कुलो मुहानमा मृत अवस्थामा फेला पारेको हो ।  चेपाङको मृत शरिर संकास्पद अवस्थामा फेलापरेपछि आफन्तजनले आशंका समेत व्यक्त गरेको छ ।

मृत चेपाङको शव थप अनुसन्धानको लागि पोस्टमार्टम गर्ने उदेश्यले हाल हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.