बागमतीमा आइतबार सार्वजनिक विदा

हेटौंडा, साउन २२ । बागमती प्रदेश सरकारले साउन २५ गते आइतबार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा गत २०७९ सालको मंसिर २७ गते प्रकाशित सूचनालाई आधार मानेर प्रदेश सरकारले सार्वजनिक विदाको व्यवस्था गरेको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशद्वारा आज प्रकाशित सूचनामा उल्लेख गरिएअनुसार यस वर्षको गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइनेछ। मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा सबै सरोकारवालालाई जानकारीका लागि अनुरोध गरिएको छ।

यस निर्णयअनुसार बागमती प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शिक्षण संस्थाहरू साउन २५ गते आइतबार बन्द रहनेछन्।

गाईजात्रा नेवार समुदायको विशेष पर्व हो, जसमा मृत आफन्तको सम्झनामा विविध कार्यक्रम, झाँकी र परम्परागत नाचगान गरिन्छ। विशेषगरी काठमाण्डौं उपत्यकामा यो पर्व निकै धुमधामका साथ मनाइन्छ। बागमती प्रदेशभित्र नेवार समुदायको बाक्लो बसोबास रहेका कारण प्रदेश सरकारले यस अवसरमा सार्वजनिक विदा दिने परम्परा कायम राख्दै आएको छ।

मन्त्रालयद्वारा प्रकाशित सूचना

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.