महामन्त्री शर्माको उपस्थितिमा नेपाली काँग्रेस मनहरीको कार्यकर्ता भेटघाट

मनहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा नेपाली काँग्रेस मनहरी गाउँपालिकाको क्रियाशील तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा प्रमुख अतिथि शर्माले नेकपा माओवादी केन्द्रको सहमतिमै संविधान संशोधन गरिने दाबी गर्नुभयो । शर्माले संविधान संशोधन गर्न दुई तिहाई समर्थन आवश्यक रहेकाले माओवादीको साथ अनिवार्य हुने र सबैको भावनालाई समेटेर सर्वसम्मतबाट संविधान संशोधन गरिने बताउनुभयो ।

उहाँले मनहरीको भूमिहीनहरुको समस्याका विषय राष्ट्रिय मुद्धा भएकाले आफूले उठाउने उनले प्रतिवद्धता जनाउनुभयो । भूमिसम्बन्धी ऐन आएपछि लामो समयदेखि भोगचलन गर्दै आइरहेको जग्गाको लालपूर्जा नपाएकाहरुले लालपूर्जा पाउने बाटो खुल्ने उहाँको भनाई छ ।

भेलामा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरीका भूमिहीनका समस्या समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेको व्यवस्था सबैभन्दा राम्रो व्यवस्था भएको भन्दै व्यवस्थाको बदनाम गराउनु नहुने बानियाँले धारणा राख्नुभयो ।

भेलामा नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा, निवर्तमान कार्यबहाक सभापती, विष्णु लामिछाने, पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, कांग्रेस क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ ख का सभापति रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि राजकुमार मल्ल, ठाकुरराम तितुङ, काँग्रेस नेता पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पार्टी मनहरी सभापति प्रकाश वर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमकैबीच मनहरीकै अग्रज पार्टी नेताहरुलाई सम्मान गरिएको थियो । विभिन्न पार्टी परित्याग गरी १ दर्जनभन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.